play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

देशभरबाट १० सिट जितेर देखाउन प्रचण्ड-नेपाललाई प्रधानमन्त्रि ओलीको चुनौती

0

पुष २४,चितवन । प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मध्यावधि चुनावमा १० सिट जितेर देखाउन चुनौती दिएका छन् । शुक्रबार धनगढीमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिएका हुन् । प्रतिनिधिसभा विघटनको विरोधमा पार्टी विभाजन गरेको आरोप लगाउँदै ओलीले यो समूहलाई यस्तो चुनौती दिएका हुन् ।

उनले नुहाउँदा पनि दुई चार केस झरेर जाने हुँदा पार्टीलाई केही असर नपर्ने दाबीसमेत गरे । प्रधानमन्त्री ओलीले आफूले विकास निर्माणको क्षेत्रमा धेरै काम गरेको दाबीसमेत गरेका छन् । उनले देशको रक्षाका लागि आफू लड्दा केही नेताहरु आफूविरुद्ध लागेको र सडकमा पुगेको बताए । कार्यक्रममा सम्बोधनका क्रममा सुरुमा आफूले गरेका कामको व्यख्या गरेका ओलीले थप समय प्रचण्ड–नेपाल समूहको आलोचनामा खर्चिए । उनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नु गलत भएको बताए । कतिपयले प्रतिनिधिसभा विघटन हुने बताउँदै आएको भन्दै उनले अब वैशाख १७ र २७ गते चुनाव भएपछि मात्र प्रतिनिधिसभा बन्ने दाबी गरेका छन् ।

Share.

Leave A Reply