play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अण्डाको खपत बढ्दा मूल्यमा मनपरी, प्रतिक्रेट फार्म भन्दा ५० रुपैयाँसम्म बढी मूल्यमा बिक्री वितरण

0


पुस,२४।
आन्तरिक खपत बढ्न थालेपछि व्यापारीले आफुखुशी अण्डाको मूल्यनिर्धारण गर्न थालेका छन् । सामान्यतयाः चिसो मौसममा अण्डाको खपत बढी हुने गर्छ । तर हाल कोभिड महामारीका कारण रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि अण्डाको उपभोग धेरै हुने गरेको छ । अण्डाको माग बढ्न थालेपछि व्यापारीहरुले मनपरी मूल्य बढाएका हुन् । पछिल्लो समय बजारमा अण्डाको मूल्य आकासिन थालेको छ । उपभोक्ताले फार्म मूल्य भन्दा प्रतिक्रेट ५० रुपैयाँसम्म बढी तिर्नु परेको छ । गत महिना प्रतिक्रेट ३९० रुपैयाँसम्ममा बिक्री भइरहेको अण्डा हाल ४२० देखि ४४० रुपैयाँसम्म तिर्नु परेको छ । यति बेला पसलै पिच्छे अण्डाको मूल्य फरक–फरक रहेको छ । खुद्रा किन्दा प्रतिगोटा १७ रुपैयाँसम्म पर्न थालेको छ । यसअघि अण्डाको सबैभन्दा बढी मूल्य २ वर्षअघि क्रेटको ४६० रुपैयाँसम्म पुगेको थियो । हालसालै अण्डाको नयाँ मूल्य कायम नगरे पनि बजारमा मूल्य बढिरहेको पाइएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताउनुभयो । केही समय अघिमात्रै संघले फार्म मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ तोकेको थियो । हाल फार्ममा यही मूल्यमा अण्डाको बिक्री वितरण भइरहेको छ । तर जाडोयाम र कोभिड महामारीपछि अण्डाको उपभोग बढेपछि व्यापारीहरुले भाउ बढाएको हुन सक्ने अध्यक्ष केसीले बताउनुभयो । डिलरले प्रतिक्रेट ३ सय ७५ रुपैयाँमा खरिद गर्ने गरेका छन् । डिलरबाट व्यवसायीहरुले खरिद गर्दा प्रतिगोटा १२ रुपैयाँदेखि १३ रुपैयाँसम्म पर्दछ । यसमा प्रतिगोटा २ रुपैयाँ भन्दा बढी फाइदा व्यापारीले लिन नहुने खनालको भनाइ छ । उत्पादनमा कमी आएर मूल्य बढाउनुपर्ने अवस्था आएको नभई साना व्यापारीले बढी फाइदाका लागि मात्र अण्डाको मूल्य बढाएको खनालले बताउनुभयो ।

Share.

Leave A Reply