play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

अमेरिका वाशिङ्टनमा हिंसा ः मृतकको संख्या चार पुग्यो

0


पुष,२३।
अमेरिकाको राजधानी सहर वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित भएको औपचारिकताको लागि बुधबार कंग्रेसको बैठक चलिरहेको समयमा क्यापिटल हल बाहिर ट्रम्पका समर्थकहरुले प्रदर्शन गरेका थिए ।प्रदर्शनकारीहरुले उक्त बैठकमा छिर्ने प्रयास गर्दा सुरक्षाकर्मीहरुले उनीहरुलाई रोक्ने प्रयास गरेका थिए । त्यसपछि प्रदर्शन हिंसात्मक बन्न पुगेको हो ।वाशिङ्टनका मेयरले दिएको जानकारीअनुसार जबरजस्ती बैठकमा छिर्न खोज्ने एक महिलाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । त्यस्तै उक्त हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु हुने अन्य तीन जनामा दुई पुरुष र एक महिला छन् । उक्त घटनामा प्रहरी विभागका १४ जना मानिसहरु घाइते भएका छन् भने दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।उक्त घटनाको कारण स्थगित भएको कंग्रेसको बैठक भने सुरु भइसकेको छ ।

Share.

Leave A Reply