play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

एमडीरएमएसको नतिजा सार्वजनिक

0


पुस,२३।
चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत १८ गते लिएको एमडीरएमएसको नतिजा सार्वजनिक गरेको हो । आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलका अनुसार ५ हजार २२९ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये अनुभवसहितको खुलामा २ हजार ४७० जना, विना अनुभव खुला तर्फ १५७ जना, सरकारी तर्फ २०२ जना र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तीर्ण भएका छन् । सहभागी परीक्षार्थी उत्तीर्ण हुने परीक्षार्थी ५४.९८ प्रतिशत रहेका छन् । परीक्षामा ५ हजार ५६८ जनाले परीक्षा फारम भरेकोमा ३३९ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिएनन् । परीक्षामा सहभागीमध्ये २ हजार ८७५ जना उत्तीर्ण भएका छन् भने २ हजार ३५७ अनुत्तीर्ण भएका छन् ।

Share.

Leave A Reply