play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको रजिष्टारमाा थपलिया नियुक्त

0

पुष २२,चितवन ।  कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्टारमा प्रा.डा शारदा थपलिया नियुक्त भएकी छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा थपलियालाई रजिष्टारमा नियुक्त गरेका हुन् । थपलियाले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति र रजिष्टारको रुपमा काम गरेकी थिईन् । यस्तै विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष प्रा.डा कल्याणी मिश्र त्रिपाठी नियुक्त नियुक्त भएकी छन् । विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले उनलाई अध्यक्ष नियुक्त गरेका हुन् ।तीन सदस्यीय आयोगमा कुलपतिबाट नियुक्त अध्यक्षसहित दुई जना र एक जना लोकसेवा आयोगका पदाधिकारी सदस्य रहने व्यवस्था छ ।

Share.

Leave A Reply