चितवनमा सवारी दुर्घटना न्युनिकरणका लागि ‘म असल चालक’ अभियान शुरु

0

पुष २२,चितवन । चितवनमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि ‘म असल चालक’ अभियान शुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुई पाङ्ग्रे सवारी साधनलाई मध्यनजर गर्दै मंगलबारबाट उक्त अभियान शुरु गरेको हो । उक्त अभियान एक महिनासम्म चल्नेछ । जिल्लामा दुई पङ्ग्रे सवारीको दुर्घटना बढ्दो अवस्थामा रहेकोले न्युनिकरणका लागि उक्त अभियान शुरु गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए । जिल्लाका ६ स्थानबाट उक्त अभियान शुरु गरिएको छ ।

दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र पूर्वी चितवनको भण्डारा, खैरहनी, टाँडी, भरतपुरको गोन्द्र्याङ, जिल्ला ट्राफिक कार्यालय क्षेत्र र मुग्लिनबाट उक्त अभियान शुरु गरिएको हो । यि ६ वटै स्थानमा मोटरसाइकल रोकेर चालकलाई दुर्घटना र त्यसबाट हुने क्षेती बारे संवेदनशिल बनाइने उनले बताए । यस्तै दुई पाङ्ग्रे सवारी साधनमा सुरक्षा स्टिकर पनि टाँस्ने तथा पर्चा वितरण गरिने उनले बताए । ट्राफिक प्रमुख भट्टका अनुसार मोटरसाइकल रोकेर चालकलाई ५ मिनेट सोही स्थानमा नै प्रशिक्षण दिइनेछ । चालकलाई बढ्दो मोटरसाइकल दुर्घटना बारे जानकारी गराउदै जोखिम बारे सचेत बनाइने उनले बताए ।

Share.

Leave A Reply