play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

देशका विभिन्न स्थानमा भएको घटनामा ३ जनाको मृत्यु

0

पुष २२,चितवन । भक्तपुरमा रेलिङ हाल्ने क्रममा घरको दुई तलाबाट खसेर बुधबार एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक(५ का ४० वर्षीय इश्वर कार्की रहेका छन् । महानगरी प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार सूर्यविनायक नगरपालिका(६ पाण्डुबजार हाइटमा गोविन्द राजकर्णीकारको साढे २ तला पक्की घरको दोस्रो तलामा स्टिलको रेलिङ हाल्ने क्रममा कार्की एक्कासी खसेर गम्भीर घाइते भएका थिए । घाइते कार्कीको मध्यपुर अस्पताल ठिमिमा उपचारको क्रममा मृत्यु भएको गिरीले बताए । यसैबिच सर्लाहीको मलगंवा नगरपालिका–१ भेडहिया बस्ने २ वर्षीय बजरंगी मण्डलको घर अगाडि नालामा डुबेर मंगलबार मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल मलगंवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। इस्तै झापाको शिवसताक्षी नगरपालिका–२ हिमाली चोक बस्ने ११ वर्षीय बिवेक कार्कीको घरबाट ५ सय मिटर टाढा रहेको नहरमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ। नहरमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।

Share.

Leave A Reply