play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

सरकारले गरेको प्रतिनिधि सभा विघटन बिरुद्ध लालटिन जुलुस निकालेर विरोध प्रदर्शन

0

पुष २२,चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार दिउँसै लालटिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले बुधबार लालटिन जुलुस गरि सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो ।

माइतीघर मण्डलाबाट विद्यार्थीहरूले बानेश्वरसम्म दिउँसै लालटिन बालेर जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनै पनि धारा नभएको बताउनुभयो ।

प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानुन सम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उहाँले माग गर्नुभयो । प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म अनेरास्ववियुले विरोधका विभिन्न कार्यक्रम गरिरहने सह–संयोजक तामाङले बताउनुभयो ।

Share.

Leave A Reply