play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सबै अस्पतालहरुलाई नियमित सेवा प्रदान गर्न सरकारको निर्देशन

0

पुष २२,चितवन । सरकारले सबै अस्पतालहरुलाई कोभिडसँग सम्बन्धित र गैरकोभिड उपचार सेवा प्रदान गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार भएको प्रेस ब्रिफिङ्गमा कोभिड अस्पतालले कोभिड उपचारसँगै गैरकोभिड सेवा दिन भनिएको जानकारी दिए । त्यसैगरी ननकोभिड अस्पतालहरुले पनि गैरकोभिड सेवा प्रदान गर्न निर्देशन दिएको बताए । त्यसैगरी खोप उच्चस्तरिय अनुगमन समिति गठन गरिएको पनि उनले जानकारी दिए । यसैबिच पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १४४ जना महिला र २६५ जना पुरुष रहेका छन् । २४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ४९५ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९९ रहेको छ ।

Share.

Leave A Reply