पुष,२२।
टोटेनहम काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २(० ले पराजित गर्दै टोटेनहम फाइनल पुगेको हो । टोटेनहमको जितमा मौसा सिसोको र ह्युङ मिन सनले एक एक गोल गरे ।खेलको १२ औं मिनेटमा मौसाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ७० औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई २(० को जित दिलाए । यस्तै खेलको ८४ औं मिनेटमा जोसुवाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो ।अब टोटेनहमले उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेडबीचको विजेतासँग खेल्नेछ ।दुई म्यानचेस्टरबीचको भिडन्त बुधबार राति हुनेछ ।
काराबाओ कप फुटबलमा टोटेनहम फाइनलमा प्रवेश
0
Share.