play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

भारतमा एक साताभित्र खोप अभियान सुरु हुने

0

{“caption”:”u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938″,”photographer”:””,”alt_text”:””}

पुस,२२।
भारत सरकारले साता दिनमा पहिलो चरणको खोप अभियान सुरु गर्ने भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै दुईवटा खोपले आपत्कालीन अनुमति पाएको दिनदेखि हिसाब गरेर दस दिनभित्र खोप अभियान सुरु गर्ने बताएको छ । यस हिसाबले सात दिनभित्र उक्त अभियान सुरु गर्ने तय भएको हो । भारतको औषधि नियन्त्रण महानिर्देशालयले शनिबार र आइतबार गरी भारतमा उत्पादित कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई आपत्कालीन अनुमति दिने निर्णय गरेको थियो । कोभिसिल्डको विकास अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले गरेको हो भने कोभ्याक्सिन भने भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो । कोभिसिल्डको उत्पादक सेरम इन्स्टिच्युुट अफ इन्डिया (एसआईआई) हो भने कोभ्याक्सिन हैदराबादको भारत बायोटेकले नै उत्पादन गरिरहेको छ ।

Share.

Leave A Reply