play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

इन्डोनेसियामा नियमित काममा जानेलाई कोभिड(१९ खोपको पहिलो प्राथमिकता

0


पुष,२२।
इन्डोननेसियाले कोरोना भाइरस (कोभिड(१९)विरुद्धको खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । इन्डोनेसियाको खोप कार्यक्रमको योजनाअनुसार सबैभन्दा पहिला नियमित काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइनेछ । जसको सहयोगमा छिटोभन्दा छिटो समुदायमा हर्ड इम्युनिटीको विकास गर्न सकिने र मुलुकको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सकिने सरकारको भनाइ छ ।समग्र जनसंख्याको अधिकांश मानिसमा कोरोनाविरुद्धको प्रतिरोधी क्षमता विकास भएको अवस्थालाई हर्ड इम्युनिटी भनिन्छ । हर्ड इम्युनिटी विकास भएको अवस्थामा समुदायमा संक्रमण नियन्त्रणमा आउँछ भन्ने मान्यता छ ।इन्डोनेसियाको कोरोना खोप कार्यक्रमको योजना अन्य मुलुकको भन्दा फरक छ । अहिले कोरोना खोप कार्यक्रम सुरु भइसकेका अधिकांश मुलुकमा सबैभन्दा धेरै पाका नागरिकहरु प्राथमिकतामा परेका छन् । किनकी यो उमेर समूहकालाई कोरोनाको जोखिम बढी हुन्छ । इन्डोनेसियाका विज्ञहरुले भने सबैभन्दा पहिला फ्रन्टलाइन कर्मचारी र त्यसपछि काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइने बताएका हुन् ।

Share.

Leave A Reply