play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

संसद विघटनका विरुद्ध चितवनका कलेजमा कालो ब्यानर

0

भरतपुर, २१ पुष ।
संसद विघटनको विरोधमा चितवनका कलेजहरुमा नेकपाका विद्यार्थीहरुले कालो ब्यानर राखी विरोध प्रदर्शन गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन मार्फत प्रचण्ड÷माधव समूहका विद्यार्थीहरुले यहाँका सबै क्याम्पसहरुमा “प्रधानमन्त्री केपि शर्मा ओली एवंम् राष्ट्रिपति विद्यादेवी भण्डारीको संसद विघटनको असंवैधानिक कदम खारेज गर् , प्रतिगामी शक्तिहरु होसियार” लेखेको कालो ब्यान टासेका हुन् ।

सप्तगण्डकी बहुमुखि कलेजका साविक अनेरास्ववियू(क्रान्तिकारी) अध्यक्ष समेत रहेका समिर सुवेदीले अनेरास्ववियूको केन्द्रीय कमिटीको सर्कुलर अनुरुप कलेजमा कालो व्यानर टाँसेर विरोध कार्यक्रम गरिएको बताए । प्रधानमन्त्रि केपि शर्मा ओलीद्धारा गत ५ पौषमा असंवैधानिक रुपमा प्रतिनिधि सभाको विघटन गर्दै प्रतिगमनकारी र अलोकतान्त्रीक कदम चालेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका प्रचण्ड÷माधव समूह विद्यार्थी विरोधमा छ । उनीहरुको यो दोस्रो चरणको आन्दोलन हो ।

यूनियनका केन्द्री सह संयोजक रञ्जित तामङले हस्ताक्षर गरेको विज्ञप्तीमा विरोधका दोस्रो चरणको कार्यक्रम अन्तर्गत २२ पौषमा उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यक्ता अनुसार लाल्टिन,सिठी र लाठो जुलुस, २३ पौषमा प्रधानमन्त्रिको पुत्ला दहन, २४ पौषमा सिडियो कार्यलयमा ज्ञापन पत्र तथा धर्ना , २५ पौषमा असैवैधानिक कदम विरुद्ध सडक वहस, २६ पौषमा बयलगाडा पद्धर्शन, २७ पौषमा सडक कविता , गीत, गजल कार्यक्रम , २८ पौषमा सडक नाटक र आर्ट र २९ पौषमा सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शन गर्ने भनिएको छ ।

Share.

Leave A Reply