play_circle_outline On Air

सिनर्जिको सानोसाथी

play_circle_outline On Air

सिनर्जिको सानोसाथी

वृद्धभत्ता समेत सामाजिक कार्यमा खर्च गर्ने तिवारीको ८३औँ जन्मदिन पनि सामाजिक कामबाटै

0

भरतपुर, २१ पौष ।

समाजसेवी खेमलाल तिवारीले आफ्नो ८३औँ जन्मोउत्सव बालबालिकाहरूलाई नगद तथा शैक्षिक सामग्री सहयोग गरेर मनाउनु भएको छ । उहाँकै निवास भरतपुर महानगरपालिका वडा नं ५ आनन्दपुरमा खेमलाल शोभादेवी तिवारी प्रतिष्ठान मार्फत तीन जना अपांग बालबालिकालाई नगद र छ जना बालबालिकालाई कापी र कलम वितरण गरिएको थियो । त्यसै कार्यक्रममा उहाँले भरतपुर – २९ मा निर्माण हुन लागेको भ्यू डाँडा महाबौद्ध गुम्बालाई समेत २५ हजार रुपैयाँ सहयोग पनि गर्नु भयो ।

लमजुङ जिल्लाको रबाइडाँडाँबाट वि.सं. २०१४ सालमा चितवन बसाइँ सरे आउनु भएका तिवारी २०५५ सालदेखि समाजसेवामा सक्रिय भएर लाग्नु भएको भेटिन्छ । २०७४ सालअघि व्यक्तिगत रूपमा चन्दा सहयोग गर्दै आएउनु भएको भएपनि २०७४ पौष २१ गते प्रतिष्ठान मार्फत उहाँले सहयोग गर्न थाल्नु भएको हो । खेमलाल शोभादेवी तिवारी प्रतिष्ठानका अध्यक्ष रोमाकान्त न्यौपानेका अनुसार तिवारीले भरतपुर महानगरपालिकाका २९ वटै वडाका विद्यालयहरूमा विभिन्न तरिकाले सहयोग पु¥याउँदै आउनु भएको छ । तिवारीले चितवनका विभिन्न १८ विद्यालयहरूमा प्रति विद्यालय ३५ देखि ५० हजार रुपैयाँका दरले अक्षयकोषको स्थापना गरिसन्नु भएको छ । विद्यालय पुगेर औपचारिक शिक्षा हासिल गर्न नपाउँदा आफूलाईं केही अभाव महसूस हुने गरेको भन्दै तिवारीले हालका बालबालिका शिक्षाबाट वञ्चिन नहोऊन् भन्ने उद्देश्यले विद्यालयहरूमा सहयोग गर्न थालेको बताउनु हुन्छ ।


तिवारीले केही समय अगाडि आनन्दपुरमा निर्माणाधीन पाल साङग दोर्जे छेक छेन गुम्बालाई पनि रु १० लाख रुपैयाँ सहयोग गर्नु भएको थियो । रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पनि उनले ५२ हजार रुपैयाँ सहयोग गरि सक्नु भएको छ । आफुले पाएको वृद्ध भत्ता समेत उहाँले सामाजिक कार्यमा खर्च गर्दै आउनु भएको छ ।
खेमलाल तथा शोभादेवी तिवारीका सन्तानका रूपमा तीन छोरा र तीनै जना छोरी रहेका छन् ।

Share.

Leave A Reply