play_circle_outline On Air

सिनर्जिको सानोसाथी

play_circle_outline On Air

सिनर्जिको सानोसाथी

चितवनमा मातृशिशु मृत्युदर बृद्धि,तीन वर्षमा २० सुत्केरी र १०७ शिशुको मृत्यु

0


पुस,२१।
देशकै मध्यभागमा रहेको चितवन जिल्ला मेडिकल सिटीको रुपमा चिनिएको छ । यहाँ ठूलाठूला दुईवटा मेडिकल कलेज लगायत दर्जनौँ अस्पतालहरु समेत रहेका छन् । तर, पछिल्लो समय स्वास्थ्य कार्यालय चितवन जिल्लामा गर्भवती महिला र नवजात शिशुकोे मृत्युदर बढिरहेको छ । स्वास्थ्य कार्यालय चितवनमा चालु आर्थिक वर्ष ०७७÷७८ को पुस महिनासम्ममा पाँच जना सुत्केरी महिलाको ज्यान गएको छ । त्यसैगरी यसै आर्थिक वर्षको पुस सम्ममा १५ जना नवजात शिशुको मृत्यु भएको हो । जसमा १४ जना भरतपुरका र एक जना इच्छाकामना गाउँपालिकाका रहेका छन् । यस्तै गत आर्थिक वर्ष ०७६÷७७ मा १० जना र आर्थिक वर्ष ०७५÷७६ मा पाँच जना सुत्केरी महिलाको मृत्यु भएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ४२ जना नवजात शिशुको ज्यान गएको छ । मृत्यु हुनेमा नवजात शिशुहरु भरतपुर महानगरका ३४ जना, इच्छाकामना गाउँपालिकाका दुई जना, माडी नगरपालिकाका दुई जना र रत्ननगर नगरपालिकाका एक जना रहेका छन् । चितवनमा स्वास्थ्य क्षेत्रको हिसाबले भरतपुरलाई सुविधा सम्पन्न मानिए तापनि यही क्षेत्रमा बढी सुत्केरी महिला र शिशुको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरेको छ । भरतपुरमा गएको दुई वर्षमा ४५१.९ प्रतिशत महिलाहरुले सुत्केरी गराएका छन् । गत साउनदेखि पुुससम्म भरतपुरका ९०.५ प्रतिशत महिलाले सुत्केरी गराएका हुन् । त्यस्तै गएको दुई वर्षमा राप्तीका २३.५ प्रतिशत, कालिकाका २६.२ प्रतिशत, इच्छाकामनाका ३० प्रतिशत, रत्ननगरका ३३.६, खैरहनीका ४.१, माडीका ७४.३ प्रतिशतमहिलाहरुले सुत्केरी गराएका छन् । गएको दुई वर्षमा चितवनमा ३६ हजार २०८ गर्भवती महिलाले अस्पतालमा सुत्केरी गराएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Share.

Leave A Reply