play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपाली सेनामा २९४ जनालाई जागिर खुला

0


पुस,२१।
नेपाली सेनाले २९४ कर्मचारीका लागि आवेदन मागेको छ । सेनाको छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा आवेदन मागेको हो । लेखा जमदार, पुजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको हो । लेखा जमदारमा ५० जनाको माग भएको छ । जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ । यस्तै पुजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ २ जना छ । अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना माग भएको छ । समावेशीसमेत गरी यस पदमा ५३ जना माग गरेको हो । सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ । खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले जानकारी दिएको छ । जागिरका लागि सेनाले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिइसक्नु पर्ने जनाएको छ ।

Share.

Leave A Reply