play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

सन्दीप प्लेइङ सेटमा

0

पुष,२०।
अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी(ट्वान्टी क्रिकेटमा अहिले होबर्ट हुरीकेन्स र मेलबर्न स्टार्सबीच प्रतिस्पर्धा भईरहेको छ ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबर्टले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । मेलबर्नविरुद्ध सन्दीप प्लेइङ(११ मा परेका छन् । सन्दीप लगातार दोस्रो खेलमा प्लेइङमा परेका हुन् । मेलबर्नविरुद्ध नै शनिबार डेब्यु गरेका सन्दीपले २ विकेट लिएका थिए । मेलबर्न सन्दीपको पूर्व क्लब समेत हो । लिगमा होबर्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । मेलबर्नलाई हराएर होबर्ट दोस्रो स्थानमा उक्लन चाहन्छ ।यस अघिको भेटमा होबर्टले मेलबर्नलाई २१ रनले हराएको थियो ।मेलबर्न पनि होबर्टविरुद्ध अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । मेलबर्न ६ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

 

Share.

Leave A Reply