play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

चितवन र नवलपरासी जिल्लालाई माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा सहभागी गराउने

0

सुचना प्रविधी क्षेत्रको विश्कको सबै भन्दा ठुलो प्रतियोगीता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियन यस वर्ष ७७ वटै जिल्लामा हुने भएको छ । चितवन र नवलपरासी जिल्लाका सबै विद्यार्थी सहभागी गराउने जिम्मेवारी भने नेम आई टि एण्ड एजुकेशनल कन्सल्टेन्सिले लिएको छ । उक्त कन्सल्टेन्सि माईक्रोसफ्ट अफिस स्पेसलिष्टको एक आधीकारीक संस्था हो । स्कुलले भने पुस २४ गते सम्म आवेदन दिन सक्दछन् । वैषाख सम्म जिल्ला स्तरीय सबै प्रतियोगीत सम्पन्न गर्ने जनाइएको छ । जिल्ला स्तरिय प्रतियोगीता संचालन गर्नको लागी संस्थाले सम्पुर्ण तयारी पुरा गरेको संस्थाका सञ्चालक उमंग भट्टराईले बताउनु भयो ।

माईक्रोसफ्ट अफिस स्पेसलिष्ट वल्ड च्याम्पियनसीपको एक ग्लोबल कम्पिटिसन हो । जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सिप परीक्षण गर्दछ । जसमा १३ वर्ष पुरा भएका र २२ वर्ष नकटेका जो कोही पतियोगितामा सहभागी हुन सक्छन् । जिल्ला स्तरीय प्रतियोगीतमा छनोट भएका प्रतिस्पर्धीहरु नेशनल च्याम्पियनको लागी पोखरा जाने छन् । पोखरामा ७७ वटै जिल्लाका ४ सय ६२ जना प्रतिस्पर्धी बिच प्रतिस्पर्दा हुनेछ । त्यहाबाट प्रत्येक बिधाका २ जना सहभागी शिर्ष ६ जना विद्यार्थी वल्ड च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डर, फ्लोरिडा जाने छन् । यस प्रतियोगितामा नेपालले यस अघि २०१३ मा वल्ड च्याप्पियनको उपाधी हासील गरेको थियो ।

त्यस्तै दिप आईटी एण्ड एजुकेशन कन्सलटेन्सि र नेम आईटी एण्ड एजुकेशन कन्सलटेन्सिको संयुक्त आयोजनामा माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीप २०२१ विषयमा प्रध्यानाध्यापक तथा कम्युटर शिक्षक प्रशिक्षणात्मक कार्यक्रम जिल्ला समन्वय समिति चितवनको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लाका २४ स्कुलका शिक्षक उपस्थित थिए ।

Share.

Leave A Reply