play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

0

पुस,१९।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्नेमा विभाजित कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आज पनि सडक संघर्षमा जान दबाब दिने भएको छ ।‘ चुनावमा जाँदा दुई चार सिट बढी जितिएला भन्ने लोभमा कांग्रेसले ओलीको असंवैधानिक कदमलाई साथ दिन नहुने र सडक संघर्षमा उत्रिने पौडेल पक्षधर एक केन्द्रीय सदस्यले बताए । तर, सभापति शेरवहादुर देउवा पक्षधर भने सर्वोच्च अदालतमा विचाराधिक उक्त मुद्दाको छिनोफानो भएपछि मात्रै आवश्यक रणनीति बनाउने तयारीमा छ ।अदालतमा विचाराधिन मुद्दालाई प्रभावित हुने गरी कांग्रेस संघर्षमा नउत्रने र अदालतको आदेशलाई मानेर कांग्रेस अघि बढ्ने देउवाले प्रष्ट्याइसकेको छ ।प्रतिनिधिसभा विघटन गरेपछि गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय समिति बैठक पुस १० मा स्थगित गरिएको बैठक आज फेरि बस्न लागेको हो ।दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकलाई अरू केही दिन लम्ब्याउने रणनीतिमा सभापति देउवा रहेको निकट स्रोतले जनाएको छ ।प्रतिनिधिसभा व्यूतिए सरकारमा जाने तथा विघटनलाई नै सदर भए गठबन्धनमा चुनावमा जान देउवा र ओलीबीच समझदारी भएको आशंका पौडेल पक्षको छ ।सोही आशंकालाई बल पुग्ने गरी देउवा ओलीप्रति नरम बनेको तथा औपचारिकताका लागि मात्र पुस १३ मा विरोध प्रदर्शन गरेको बताइन्छ । तत्काल आन्दोलनमा जान देउवाको अनिच्छाले नेकपाको दाहाल(नेपाल खेमाले संयुक्तरूपमा गर्ने भन्नेको सरकारविरूद्ध आन्दोलन पनि अघि बढ्न सकेको छैन । अरू दलले संयुक्त आन्दोलनमा अनिच्छा देखाएपछि दाहाल(नेपाल समूहले एक महिनाको एकल आन्दोलन घोषणा गरिसकेको छ ।

Share.

Leave A Reply