अन्नपूर्णको ३७ औं बार्षिक साधारण सभा सम्पन्न, महानगरपालिकाका कार्यक्रम बाट लाभ लिन नगरबासीहरूलााई दाहालको आग्रह

0

सिनर्जी डेक्स, भरतपुर ।

अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो ३७ औं वार्षिकउत्सव सम्पन्न गरेको छ ।

शनिवार संस्थाले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा संस्थाले आफ्नो बार्षीकउत्सव मनाएको हो । बार्षीकउत्सवमा बोल्दै दाहालले भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित भएको बताउनु भयो । अन्नपूर्ण सहकारीले रचनात्मक काम गरि देशकै उत्कृष्ट दुग्ध सहकारीको परिचय बनेको र यो महानगर पालिकाको समेत गर्व भएको बताउनु भयो ।
‘सुखी नेपाली ,समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न सहकारीहरूको महत्वपूर्ण भूमिका रहने बताउदै ,उहाँले स्थानीय स्तरमा रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू तय गरी महानगर अगाडि बढेको समेत जानकारी दिनुभयो । ‘भरतपुर महानगरपालिका कृषि तथा पशुपालनको क्षेत्रलाई व्यवस्थित र आधुनिकीकरण गर्न क्रियाशील छ ।महानगरपालिकाले उत्पादन र यान्त्रीकरणमा अनुदानको सूरूवात गरेको छ त्यसको प्रतिफल पनि सकारात्मक देखिदै छ’ –उहाँले भन्नु भयो । दूध किसानहरूलाई उत्पादनमा सहयोग पु¥याउन प्रतिलिटर एक रूपयाँ नगद अनुदान दिइरहेको बताउँदै यसले केही भय पनि दुग्ध उत्पादक किसानलाई उत्पादन बढाउन सहयोग प¥याएको उहाँले विश्वास व्यक्त गर्नु भयो । आफुहरुले कृषि र पशुपन्छीको क्षेत्रमा १० प्रतिशत बजेट बिनियोजन गरी कार्यन्वयनमा ल्याएको समेत उहाँले बताउनु भयो । त्यति मात्र नभई बैदशिक रोजगारीबाट फर्किएकाहरूको लागि बिदेशको सिप नेपालमा लगानी जस्ता कार्यक्रम मार्फत रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको भन्दै त्यसबाट लाभ लिन नगरबासीहरूलााई उहाँले कार्यक्रम बाटनै आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा भूमी ब्यावस्था कृषी तथा सहकारी मन्त्रालयकी सचिब मनिता जोसी बैधेंले मुलुक दुधमा आत्मनिर्भर हुन नसकेको बताउँदै यसलाइ पुरा गर्न ब्यावसायिक उत्पादनमा लाग्नुपर्ने बताउनु भएको थियो । उहाँले यान्त्रीकरण र ब्यावसायिकरण गरेर उत्पादन बढाउन लाग्नु पर्ने बताउनु भएको थियो । त्यसका लागी बागमती प्रदेसले किसानहरूका लागी नगद तथा यान्त्रिककरणका लागी बिभिन्न अनुदान सहयोग गरिरहेको समेत बताउनु भयो ।
सो अवसरमा दुग्ध बिकास बोर्डका सदस्य भागिरथ तिमिल्सिनाले किसानहरूको समस्या सरकारले सही ढंगले समाधान गर्न नसकेको बताउँदै उत्पादकत्व बृद्दी गर्न सक्ने नबिन कार्यक्रमहरू ल्याउनुपर्ने बताउनु भएको थियो । देशका स्थानिय तहमा पहिलो पटक भरतपर महानगरपालिकाले उत्पादनको आधारमा नगद अनुदानको ब्यवस्था गरेको भन्दै भरतपुर महानगरपालिकालाइ धन्यवाद व्यक्त गर्दै प्रत्यक्ष किसान संग जोडिने थप कार्यक्रम ल्याउन समेत उहाँको आग्रह थियो।
कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष हरीबिलास कोइरालाले सहकारी संस्थाहरू समय अनुकुल ब्यवस्थित र परिमार्जित हुँदै सरल र व्यवस्थित ढंगले सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गर्दै अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाले नमुना सहकारीको रूपमा काम गरिरहेको बताउनु भएको थियो ।
साधारण सभामा सहकारिका अघ्यक्ष ऋषिराम चापागाईले संस्थाको बार्षिक प्रगती बिवरण तथा आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । २०४१ सालमा दुग्ध संकलन केन्द्रको रूपमा सुरू भएको यस सहकारीले हाल दुध संकलन, प्रसोधन तथा बजारिकणका साथै उन्नत पशु फार्मकासाथै दाना उध्योग संचालन गरिरहेको छ । संस्थाले साधारण सभाकै अवसरमा दुध उत्पादन गरेका किसान र उत्कृष्ठ बिक्रेताहरूलाई पुरस्कृत तथा सम्मान समेत गरेको अध्यक्ष चापागाईंले बताउनु भयो ।

Share.

Leave A Reply