भरतपुर, पौष १८ ।
चितवनमा ग्लोबल आइएमई बैंकको १४औं वर्षीकउत्सव देवघाटका वृद्धहरु संग मनाएको छ । वैंकले शनिवार भरतपुर महानगरपालिका वडा नम्बर १, देवघाटमा रहेको रोटरी करुणलय वृद्धआश्रमा आश्रीत एक सय पचास जना वृद्धहरुलाई खना ख्वाई न्यानो कपडा वितरण गरेर वार्षीकउत्सव मनाएको हो ।कार्यक्रममा बैंकका सिबिओ कल्याण बिक्रम पाण्डेको समेत उपस्थिती रहेको थियो । उनका अनुसार देशै भरी विभिन्न सामाजिक कार्यक्रम गरेर वैंकको वार्षीकउत्सव मनाईएको छ । विगत देखिनै यस वैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
यो वैंकले २ सय ६१ शाखा , २ सय ३७ एटिएम, ४५ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर ,२ सय २१ शााखारहित वैंकिङ इकाइ र ३ अन्तराष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालयमार्फत सेवा दिईरहेको छ । चितवनमा सबै भन्दा धेरै शाखा भएको बैंकको रुपमा परिचत ग्लोबल आईएमई बैंकको ११ शाखा, २ एक्स्टेन्सन काउन्टर छन् ।