play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

नेपाल टेलिकमको इन्टरनेटमा आधारित ‘एनटी टीभी’ सेवा सुरु

0

पुस,१८।
नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टीभी’ सेवा सुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टीभीको सुरुवात गरेको हो ।एनटी टीभी सेवाको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुवात गर्नु भएको हो । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टीभी सञ्चालनमा ल्याएको हो । टेलिकमले ‘फाइबर टु दि होम’ एफटीटीएचमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न थालेको हो । टेलिकमले ३९ जिल्लामा फाइबर सेवा विस्तार गरिसकेको छ । अब छिट्टै उपत्यका बाहिर पनि एनटी टीभी सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । कम्पनीले गएके फागुनमा पहिलो चरणको परीक्षण प्रसारण गरेको थियो।टेलिकमले पाँच वर्षदेखि एनटीफाइबरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको छ । टेलिकमले गएको डिसेम्बर महिनामा अन्य कम्पनीभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट जडान गर्न सफल भएको छ ।

Share.

Leave A Reply