पुष १७,चितवन । चितवमा थप ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ९ जना सहित अन्य जिल्लाको २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना रहेका छन् । त्यस्तै तनहुँ देवघाटका १ जना र नवलपरासीका बर्दाघाटका १ जना रहेका छन् । उनीहरुको उमेर ७ देखी ७० वर्ष समुहका रहेका छन् ।
चितवमा थप ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टी
0
Share.