play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

विश्व स्वास्थ्य संगठनद्वारा फाइजरको खोपलाई आपतकालीन प्रयोगका लागी अनुमति

0

पुष १७,चितवन । विश्व स्वस्थ्य संगठनले फाइजर बायोएनटेक खोपलाई आपत्कालीन प्रयोगका लागि सूचीकृत गरेको छ । बिहीबार फाइजरलाई अनुमति दिँदै अब युनिसेफ र अमेरिकी स्वास्थ्य संगठनलाई पनि विश्वभर खोप वितरण गर्न बाटो खुलेको जनाएको छ । बेलायतबाट डिसेम्बर १० मा आपत्कालीन प्रयोग गर्न सुरु गरिएको फाइजरको खोप अहिले अमेरिकालगायत १७ ओटा मुलुकले प्रयोग गरिरहेका छन् । अल्ट्रा कोल्डचेन अर्थात् माइनस ६० देखि ९० डिग्री सेल्सियससम्ममा भन्डारण गर्न सकिन्छ भने यसको बजार मूल्य १९.५ डलर प्रतिखोप तोकिएको छ ।

Share.

Leave A Reply