play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भण्डारा अस्पताल निर्माणका लागि प्रदेश सरकारले लिजमा जग्गा उपलब्ध गराउने

0

पुष १७,चितवन । चितवनको राप्ती नगरपालिकास्थित भण्डारामा अस्पताल निर्माणका लागि बागमती प्रदेश सरकारले जग्गा लिजमा उपलब्ध गराउने भएको छ । आज (शुक्रबार) बसेको बागमती प्रदेश मन्त्रिपरिषदको वैठकले १० बेडको भण्डारा अस्पताल निर्माणका लागि जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको हो । अस्पताल निर्माणका लागि मत्स्य बिकास केन्द्रको जग्गा लिजमा उपलब्ध गराउन प्रदेश सरकारलाई प्रस्ताव गरिएको थियो । सोही मत्स्य बिकास केन्द्रको १५ कट्ठा जग्गा प्रदेश सरकारले लिजमा दिने निर्णय गरेको नगरप्रमुख प्रभा बरालले जानकारी दिईन् । अस्पताल निर्माणका लागि प्रदेश सरकारबाट ८५ लाख बजेट बिनियोजन भइसकेको छ । प्रदेश सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै अब माटो परीक्षण र टेन्डर प्रकिया शुरु गरिने मेयर बरालले बताईन् ।

Share.

Leave A Reply