play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपालमा आज थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

0

पुष १७,चितवन । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण आठजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२६ जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा बिहीबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६१ हजार १९ पुगेको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा ७४८ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५३ हजार १०७ पुगेको छ हाल क्वारेन्टिनमा ३६७ जना छन् भने छ हजार ४८ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply