play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चल्नै नसक्ने र अराजक भएकाले संसद् विघटन गरेको प्रधानमन्त्रि ओलीको भनाइ

0

पुष १७,चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अराजक भएकाले संसद् विघटन गरेको बताएका छन् । उनले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको बताए । आफू निकट प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका सांसदहरू अनुशासनहीन भएको र सभामुखले पनि पदीय मर्यादाअनुसार काम नगरेकाले ’ताजा जनादेशको दबाई’ खोजेको बताए ।संसद्मा सरकारका निर्णय सभामुखले रोकेर राखेको भन्दै ओलीले असन्तुष्टि पोखेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको भन्दै आक्रोश पोखेका छन् । पार्टीभित्र अस्थिरतातर्फ लैजाने काम भएकाले आफूले कदम चालेको ओलीको भनाइ थियो ।

Share.

Leave A Reply