play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

वर्गर हाउसको ५० औं शाखा चितवनमा सञ्चालन,२० जनालाई रोजगारी

0

पुष १६,चितवन । द वर्गर हाउस एण्ट क्रञ्चि फ्राईड चिकन’ को ५० औं शाखा चितवनमा सञ्चालनमा आएको छ । अंँग्रेजी नयांँ बर्षको अवसर पारेर आज शुक्रबार देखि भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दिपेन्द्रचोकमा सञ्चालनमा आएको हो । वर्गर हाउसमा क्रञ्चि वर्गर, कफि, फाष्टफुडका परिकार सहित अर्डर अनुसारको खानेकुरा पाइने वर्गर हाउसका सञ्चालक सुमित दवाडीले बताए। एकपटकमा १ सय २५ जनासम्मलाई सेवा दिने यस हाउसमा आकर्षक इन्टेरियर, सभाहल एवं रेष्टुरेण्ट एण्ड बार रहेको छ ।

डेढकरोड लगानी भएको यस हाउसमा २० जनाले रोजगारी पाएको उनले बताए । भने भरतपुरमा रहेका मेडिकल कलेज तथा शैक्षिक संस्थाहरुलाई लक्षित गर्दै वर्गर हाउस सञ्चालनमा ल्याईएको उनले बताए। नयाँबर्ष तथा शाखा शुभारम्भ को अवसरमा सेवाग्राहीलाई सबै परिकारमा १५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको उनको भनाइ छ ।

काठमाडौं, विराटनगर, पोखरा,काभ्रेलगायत देशका अन्य ४९ औं ठाउँमा वर्गर हाउसले आफ्नो सेवा दिइरहेको छ। भने चितवनमा ५० औ शाखाको रुपमा पहिलोपटक शाखा विस्तार गरिएको हो ।

Share.

Leave A Reply