play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५ सय नाघ्यो

0

पुष १६,चितवन । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ६० हजार ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको हो । यस्तै थप ४ सय ४७ जना निको भएर डिस्चार्ज भएसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म ६ हजार ३ सय ७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै थप नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ सय ५६ पुगेको छ ।

Share.

Leave A Reply