play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

राष्ट्रिय सभाको सातौं अधिवेशन भोलिदेखि शुरु हुँदै

0

पुष १६,चितवन । राष्ट्रिय सभाको सातौं अधिवेशन भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभाका सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको छ । पीसीआर रिपोर्ट शुक्रबार बिहानसम्म आउने र रिपोर्ट नेगेटिभ आएकाहरु मात्रै संसद अधिवेशनमा सहभागी हुन पाउने संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाललगायत सबै सदस्यहरुको आज पीसीआर परीक्षण गरिएको हो।कोरोनाको जोखिम कायमै रहेकाले बैठक हलमा पनि स्वास्थ्य मापदण्ड अपनाइएको जनाइएको छ ।

यसैबिच संघीय संसद सचिवालयले राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो दिन बस्ने बैठकको संभावित कार्यसूची प्रकाशित गरेको छ । जसअनुसार, राष्ट्रिय सभाका अध्यक्षले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने र त्यसपछि मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने छन् । त्यसैगरी अधिवेशन शुरु भएको अवसरमा दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची सचिवालयले प्रकाशित गरेको छ। यस्तै निर्वाचन आयोगले आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकाको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको अन्तिम नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने अवधिभर पालिकाको केन्द्रमा गएर कुनै त्रुटी भए सच्याउन आयोगले आग्रह गरेको छ ।

Share.

Leave A Reply