play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

माडिमा क्रिकेट प्रतियोगिता हुदै,उट्घाटन खेल भोलि बिहान ९ बजे हुने

0

पुष १५,चितवन । माडिमा माडी स्तरीय नकाआउट टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ।बसन्तपुर युवा क्लबको आयोजनामा पुस १६ गते बाट सुरु हुने प्रतियोगितामा आयोजक क्लबका २ सहित माडीभरका ८ वटा क्रिकेट टीमहरुको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेल भोलि बिहान ९ बजे देबेन्द्रपुर क्रिकेट क्लब र ग्रिनपिस युथ क्लब, नयाँपिपरियाबिच सञ्चालन हुने आयोजकले जनाएको छ । दुई समूहमा बाँडिएका ८ वटा टोलीका समूह विजेताहरुबिच १९ गते बिहान ११ बजे फाइनल खेल सञ्चालन हुने क्लबका सचिव मिलन पनेरुले जानकारी दिनुभयो । ’स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

Share.

Leave A Reply