play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

विद्युतीय ग्रिड सुधारका लागि एडीबीसँग १८अर्ब रुपैयाँ ऋण लिने सम्झौतामा हस्ताक्षर

0

पुष १५,चितवन । नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक एडीबीसँग १ सय ५६ मिलियन डलर अर्थात १८ अर्ब २५ करोड रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गर्नु भएको हो । सहसचिव नेपालले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत प्रशारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रिडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने तथा नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो । विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको लागत झण्डै २२ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ । विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी देशमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply