play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार नाघ्यो,थप ७ जनाको मृत्यु

0

पुष १५,चितवन । पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष रहेका छन् । २४ घण्टामा ५ हजार ११० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख २६ हजार ४७७ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३०० छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ६०० जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४७ रहेको छ ।

Share.

Leave A Reply