बाँकेका थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

0

पुष १५,चितवन । बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा ५ मिनेटको फरकमा दुई संक्रमितको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मृत्यु हुनेमा बाँके र बर्दियाका एक–एक जना छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको मंगलबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको हो । पुस ५ गते स्वास्थ्यमा समस्या आएपछि कोहलपुर मेडिकल कलेज लगिएका उनलाई त्यही दिन कोरोना प्रमाणित भएको थियो । त्यहाँबाट उनलाई मंसि १४ गते राति भेरी अस्पताल ल्याइएको थियो । यससँगै बाकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । त्यस्तै, बर्दियाको ठाकुरबाबाकी ८५ वर्षीया महिलाको मंगलबार राति १० बजेर २५ मिनेटमा मृत्यु भएको छ । पुस १२ गते भेरीमा उपचारका लागि ल्याइएकी महिलालाई त्यही दिन कोरोना प्रमाणित भएको थियो ।

Share.

Leave A Reply