play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

वैशाखमा चुनाव पनि हुँदैन ओली प्रधानमन्त्री पनि रहन्नन नेता वर्षमान पुन

0

पुष १५,चितवन । नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान र आफ्नै राजनीतिक जीवन धरापमा पारेको उनले बताए । इतिहासको दिशालाई उल्ट्याउन खोज्दा ओलीको राजनीतिक जीवन नै धरापमा परेको भन्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका पुनले भने, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’ यद्यपि ओलीले सैनिक सत्ता–संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको आरोप छ । उनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । आफैंले मिचेको संविधानलाई ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्ने उनले बताए । ‘नभए जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला,’ पुनले चेतावनी दिए । प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिएको भन्दै उनले राष्ट्रपतिको पनि आलोचना गरे । साथै मध्यावधि निर्वाचन घोषणा गरेपछि सरकारलाई कामचलाउ नगर्नु संविधान उल्लंघन भएको नेता पुनले बताए ।

Share.

Leave A Reply