play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

अवैधरूपमा उत्खनन गरिरहेको ढुङ्गाखानी बन्द भएपछी सडक निर्माणमा बाधा

0

पुस १५, सरकारले अवैधरूपमा उत्खनन गरिरहेको ढुङ्गाखानी बन्द गरेसँगै देशभरका विभिन्न ठाउँको सडक निर्माणमा त्यसको असर परेको छ । देशभरका विभिन्न सडक निर्माण अवरुद्ध बन्न पुगेको सडक विभागले जनाएको छ । निर्माण सामग्रीको समस्या समाधानका लागि पहल भइरहेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । उहाँकाअनुसार निर्माण सामग्री कुन-कुन स्थानमा र कसरी निकाल्ने भनी कार्यविधि बनिरहेको बताउनुभयो ।निर्माण सामग्रीको अभाव झण्डै दुई महिना पहिले सुरु भएको हो । निर्माण सामग्री अभावले काठमाण्डाै उपत्यकाका विस्तारित र निर्माणका क्रममा रहेका सडक अवरुद्ध बनेको विभागले जनाएको छ ।
कतिपय सडक पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण सामग्री नहुँदा नसकिने अवस्था आएको काठमाण्डाै उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ढुङ्गाखानी बन्द भए काभ्रेपलाञ्चोक वा धादिङको विकल्प खोज्न सकिने भए पनि देशभर ठप्प भएकाले निर्माण अघि बढाउन नसकिएको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिनुभयो । लामो समयसम्म कोभिड-१९ को सङ्क्रमणका कारण सडक निर्माणमा असर गरेकामा सङ्क्रमण कम हुँदै गर्दा देशभर निर्माण अघि बढिरहेको थियो । गएकाे आवमा नै सम्पन्न गर्ने लक्ष्य राखिएका सडकमध्ये कतिपय कोभिड-१९ कै कारण सम्पन्न हुन सकेनन् ।अहिले ती सडकको निर्माण अघि बढाइएको भए पनि निर्माण सामग्री अभावको समस्या थपिएको छ । निर्माण सामग्रीको अभाव राष्ट्रिय राजमार्गदेखि स्थानीय सडक निर्माणमा समेत पर्न थालेको देख्न सकिन्छ ।

Share.

Leave A Reply