play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

नेकपाका शीर्ष नेताहरु प्रधानमन्त्रि ओलीविरूद्ध खनिए

0

पुष १४,चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल(नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा आली विरूद्ध शक्ति प्रदर्शन गरेको छ । देशव्यापी भनिएको शक्ति प्रदर्शनको केन्द्र काठमाडौँ केन्द्रित भएको छ । काठमाडौँका विभिन्न १३ ठाउँबाट केन्द्रीय नेताको अगुवाईमा भएको जुलुसपछि भृकुटीमण्डपमा आयोजित सभालाई शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

सभामा हजारौँको सहभागिता देखेपछि उत्साहित भएका दाहाल(नेपाल खेमाका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध खनिएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई मत पाएको पार्टी तीन वर्षमै सडकमा उत्रनुपर्छ भन्ने नसोचेको बताएका छन् । ठूलो सोच राखेर पार्टी एकता गरेको तीन वर्षभित्रै पार्टी अध्यक्षविरुद्ध आवाज उठाउँदै सडकमा आउनुपर्छ भन्ने आफूलाई नलागेको बताए । उनले अहिले देशभरबाट ओलीविरुद्ध प्रदर्शन गरिरहेको बताए । उनले लोकतान्त्रिक प्रणालीविरुद्ध गरिएको प्रहारकाविरुद्ध सडकमा आएको बताए । यसैगरि पूर्वप्रधानमन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने समय सकिएको बताएका छन् । नेपालअघि सभालाई सम्बोधन गरेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले संविधानको बलात्कार गरेको आरोप लगाएका छन् । उनले जनताले लोकतन्त्रको रक्षा गर्दै देशको विकास र समृद्धिका लागि दिएको भोट प्रधानमन्त्री ओलीले दूरुपयोग गरेको आरोप लगाए । पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले पुस ५ मा भंग गरिएको भन्दै दाहाल(नेपाल समूहले आज देशव्यापी प्रदर्शन गरेको हो । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा दाहाल(नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

Share.

Leave A Reply