play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपालमा आज थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि

0

पुष १३,चितवन । पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २५२ जना महिला र ४०७ जना पुरुष रहेका छन् । २४ घण्टामा ५ हजार ५७८ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख १५ हजार २३२ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितक संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ७१८ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८३२ रहेको छ ।

Share.

Leave A Reply