play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ:प्रधानमन्त्री ओली

0

पुष १३,चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध पछिल्ला वर्षमा नयाँ उचाइमा पुगेको बताउनुभएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ ये चौसहितको प्रतिनिधि मण्डलसँग गए राति भएको भेट वार्तामा प्रधानमन्त्री ओलीले चीनले गर्दै आएको सहयोग र सहकार्य यथावत् रहने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा उपमन्त्री कुओले चिनियाँ राष्ट्रपति सि चीनफिङले नयाँ वर्ष २०२१ का लागि पठाउनुभएको शुभकामना सन्देश प्रधानमन्त्री ओलीलाई सुनाउँदै चीन र नेपालबीचको आपसी सम्बन्ध तथा दुई कम्युनिष्ट पार्टीबीचको भाइचारा सम्बन्ध गाढा हुँदै गएकामा खुशी व्यक्त गर्नुभएको थियो । उक्त प्रमण्डलले गए राती राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको थियो ।

Share.

Leave A Reply