play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

चितवनको पार्टी कार्यालयमा ओली समूहले लगाएको ताला प्रचण्ड(नेपाल पक्षका कार्यकर्ताले फुटाए

0

चितवन, पुस ११।
नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहले  लगाएको ताला केहीबेरमै प्रचण्ड–नेपाल समूहका युवा कार्यकर्ताले फुटाएका छन् । नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहका कार्यकर्ता बिहान ताला लगाएका थिए । पार्टी कार्यालयमा कोही नभएको मौका छोपेर ओली पक्षधर युवा नेताहरूले ताला लगाएको र थाहा पाउनासाथ ताला फोरेको नेकपाका जिल्ला सचिवालय सदस्य एवं युवा संघ चितवनका फ्याक्सन इन्चार्ज प्रकाश ढुंगानाले बताए । ‘कार्यालयमा कोही नभएका वेला गरिएको तालाबन्दी अनैतिक हो’, उनले भने, ‘यो नेकपाको पार्टी कार्यलय हो । यहाँ बसेर छलफर गर्न सकिन्छ, तर लुकेर ताला लगाउनु ठीक भएन ।’ उनले नेकपाको वैधानिकता आफूहरूसँग रहेको बताउँदै उनले पार्टी कार्यलय आँखा नलगाउनसमेत आग्रह गरे । नेकपा ओली तथा प्रचण्ड–नेपाल समूह दुई पक्षमा बाँडिएपछि विभिन्न पार्टी कार्यालयहरूमा इतर समूहले तालाबन्दी गर्दै आएका छन् ।

अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्य भने साबिक एमालेको पार्टी कार्यालय रहेको मदन–आश्रित भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकाले ताला लगाइएको बताएका थिए । अहिले पार्टी कार्यलयमा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताको उपस्थितिमा आगामी रणनीतिका विषयमा छलफल हुँदै छ भने पार्टी कार्यालय वरिपरि सुरक्षाकर्मीहरूले समेत सुरक्षा प्रदान गरिरहेका छन् ।

Share.

Leave A Reply