play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

उखु किसानको आन्दोलन ओझेलमा

0


पुस,११।
प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै किसान विगत १० दिनदेखि आन्दोलनरत छन् । उनीहरूको आन्दोलनलाई विभिन्न राजनीतिक दल एवं सङ्घसङ्गठनले पनि ऐक्यबद्धता जनाएका छन् । तर पछिल्ला केही दिनयता किसानको मुद्दा छायामा परेको छ । चिसो बढेसँगै किसान बिरामी पर्ने क्रम बढेको छ । ’राजनीतिक घटनाक्रमले उखु उत्पादक किसानको आन्दोलनलाई केही असर पारेको छ । किसानको आन्दोलन र सरकारको चर्को विरोधपछि अन्नपूर्ण, श्रीराम, इन्दिरा र लुम्बिनी सुगर मिलले थोरै भए पनि भुक्तानी प्रक्रिया थालेका छन् । तर किस्ता किस्तामा गरिएको भुक्तानीलाई किसानले मानेका छैनन् । सरकार र उद्योगीकै मिलेमतोमा थोरै तिरेर बाँकी रकम नदिने रणनीति बनेको हुनसक्ने किसानको आरोप छ । तीनरचार दिनअघि उखु उत्पादक किसान हरिप्रसाद यादव, राजेन्द मण्डल, रामेश्वर यादव, रमानन्द राय र हरि राय बिरामी परेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताउनुभयो । भुक्तानी नपाउञ्जेल आन्दोलनलाई निरन्तरता दिइने उहाँको भनाइ छ । श्रीराम सुगर मिलले पुस ३ मा १६ करोड ४४ लाख ७० हजार रुपैयाँ र ५ गते आठ करोड ८५ लाख ५७ हजार गरी करीब २५ करोड ३० लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको दाबी गरेको छ । भुक्तानीका लागि उखु उत्पादक किसानको खाता रहेको बैंकलाई निर्देशन दिइ त्यही अनुसार किसानको खातामा रकम जम्मा गरिरहेको जनाएको छ ।

Share.

Leave A Reply