play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद्मा हेरफेर,,८ मन्त्रि र १ राज्यमन्त्रिले लिए सपथ

0


पुस,११।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ । प्रधानमन्त्रीले एक जना राज्यमन्त्री र आठ नयाँ मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै राष्ट्रपति कार्यालय शीतल निवास पुगेर पद तथा गोपनियताको शपथ लिएका छन् । टोपबहादुर रायमाझीले ऊर्जा, प्रभु साहले सहरी विकास, मणिचन्द्र थापाले खानेपानी र गौरीशङ्कर चौधरीले श्रम मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । त्यस्तै गणेशसिंह ठगुन्नाले सङ्घीय, प्रेमबहादुर आलेले वन, जुलीकुमारी महतोले महिला र दावा लामा तामाङले युवा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । साथै विमला विकले राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । नयाँ मन्त्रिमण्डल विस्तार हुँदा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी भने खोसिएको छ ।

Share.

Leave A Reply