कोरोना महामारीका बेला पर्याप्त सूचना प्रवाह गर्न अख्तियारको सरकारलाई सुझाव

0

पुष १०,चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सरकारले पर्याप्त सूचना प्रवाह गर्नुपर्ने निष्कर्ष निकालेको छ । कोरोनाबारे सरकारले सही सूचना नदिएको भन्ने आलोचना भइरहेका बेला अख्तियारले सरकारलाई यस्तो सुझाव दिएको हो । ‘महामारी जस्तो असामान्य र असहज परिस्थितिमा पर्याप्त सूचना प्रवाह, निकायगत र तहगत समन्वय तथा जिम्मेवारी र जवाफदेहिता किटान गरी स्वास्थ्य सेवाप्रवाको व्यवस्था गर्ने’ अख्तियारको ३० औं वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘आगामी दिनमा यस्ता महामारीसँग जुध्न पूर्वाधार र क्षमता विकासमा जोड दिने ।’ सरकारले कोरोनाबाट ज्यान गुमाउनेहरूको वास्तविक तथ्यांक लुकाएको सूचनापछि आफूहरूले यस्तो सुझाव दिएको अख्यितारका एक आयुक्तले जानकारी दिए ।

Share.

Leave A Reply