play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

शहिद स्मारक सी डिभिजन फुटबल लिग चैत १ गतेदेखि सुरु

0


पुष,१०।
शहीद स्मारक सी डिभिजन फुटबल लिग चैत १ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबार क्लबका पदाधिकारीलाई बोलाएर चैत १ गतेदेखि सी डिभिजनका खेल सुरु हुने जानकारी गराएको छ । गएको वर्ष रोकिएको लिग यो वर्ष सुरु गर्न आफूहरु पनि तयार रहेको क्लबका पदाधिकारीले बताएका छन् । तयारीको लागि एन्फाले हरेक क्लबलाई नौ लाख रुपैयाँका दरले रकम दिनेछ । फिफा र एएफसीले जारी गरेका मापदण्ड अपनाएर खेल सञ्चालन हुने एन्फाले जनाएको छ ।कोरोनाका कारण गएको वर्ष रोकिएका खेल सञ्चालन गर्न धमाधम तयारी थालेको एन्फाले बुधबार (हिजो) मात्रै फागुन ११ गतेदेखि बी डिभिजन लिग सुरु गर्ने घोषणा गरेको थियो ।

Share.

Leave A Reply