play_circle_outline On Air

सिनर्जिको सानोसाथी

play_circle_outline On Air

सिनर्जिको सानोसाथी

अमेरिकामा एकैदिन २ हजार ८३५ कोरोना संक्रमितको मृत्यु

0


पुस,१०।
अमेरिकामा एकैदिन २ हजार ८३५ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आज बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ३७ हजार ६६ पुगेको छ । यस्तै त्यहाँ १ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९३ हजार ३० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९१ लाख ११ हजार ३२६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १२ लाख १९ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७५ लाख ५५ हजार १३७ जनामध्ये २८ हजार ७७५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Share.

Leave A Reply