play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

प्रचण्ड(नेपाल पक्षको बैठक स¥यो, खुमलटार छलफलमा शीर्ष नेता

0

पुस,९।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सरेको छ। बिहान साढे ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बोलाइएको बैठक दिउँसो १ बजेसम्मको लागि सरेको हो । बैठकको लागि प्रचण्ड पक्षको नेताहरू आन्तरिक छलफलमा जुटिरहेको छन् । अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रचण्ड निवास खुमलटारमा बसिरहेका छन् । आजको बैठकले प्रचण्ड पक्षको महासचिवसमेत तोक्ने तयारी थालेको छ। सुरेन्द्र पाण्डेको नाम अगाडि छ । महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका छन् । बैठकले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने नेतृ पम्फा भुषालले जानकारी दिइन् । यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी पनि आजै बस्दै छ । ओली पक्षको बैठक बिहान १ बजे बालुवाटारमा बस्ने छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको छ। ७८ मंसिरमा महाधिवेशन गर्ने ओली पक्षको तयारी छ । त्यस्तै केन्द्रीय कमिटी विस्तार गरेको छ । केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ । ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपिएको हो। थपिएका केन्द्रीय सदस्य र पुरानालाई बालुवाटार बोलाइएको ओली पक्षका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । दुवै पक्षले आफूनै मूल पार्टी भन्दै दाबी गर्दै आएका छन् । चुनाव चिह्नका लागि दुवै पक्षले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले छिट्टै चुनाव चिन्हको विवाद टुङ्ग्याउने जनाएको छ ।

 

Share.

Leave A Reply