play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

राष्टिय क्रिकेट टिमका तिन खेलाडी यूएई टी (१० लिग खेल्ने

0

पुष,९।
राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले संयुक्त अरब ईमिरेट्स (युएई)मा आयोजना हुने टी–टेन लिग खेल्ने भएका छन् । युएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाईज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् । बुधबार भएको ड्राफ्ट अनुसार राष्ट्रिय क्रिकेट टिमका फस्ट बलरद्धय सोमपाल कामी र करण केसी तथा अलराउण्डर कुशल मल्ललाई टी–टेनका टिमले अनुबन्धन गरेका हुन् । सोमपाललाई मराठा अरबियन्सले, करणलाई पुने डेभिल्स र कुशललाई अबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका हुन् । तीनै जना खलाडी पहिलो पटक टी–टेनमा अनुबन्धन भएका हुन् । सोमपालले यसअघि समेत विदेशी फ्रेन्चाईज टिममा सहभागी बनिसकेका छन् । करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाईज लिगमा अनुबन्धन भएका हुन् । यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागीता जनाईसकेका छन् । गोल्ड क्याटागोरीमा रहेका सन्दीपलाई कुनैपनि टिमले लिएनन् । सन्दीप बीबीएलमा ब्यस्त हुने भएकाले उनलाई टिमहरुले अनुबन्धन नगरिएको बुझिएको छ । पारस यसपटक टिम अबुधाबीको ईमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा अनुबन्धित भएका छन् । आगामी संस्करणको टी टेन लिग आबुधाबीमा जनवारी २८ देखि फेब्रुवरी ६ सम्म आयोजना हुदैछ ।

Share.

Leave A Reply