गुरुङ जातीहरुको महान पर्व ‘तमु ल्होसार’ चितवनमा नारायणी नदी किनारमा मनाईने

0

पुष ८,चितवन । गुरुङ जातीहरुको महान पर्व ‘तमु ल्होसार’ चितवनमा पनि बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ । पौष १५ गते पर्ने तमु ल्होसारको अवसरमा ११ गतेदेखि बिभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो । यस वर्ष कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै नारायणगढको नारायणी नदी किनार ल्होसारमा पर्व मनाइने तमु प्ये ल्हु संघ चितवनका वरिष्ठ उपाध्यक्ष तुलाराम तु तमुले जानकारी दिए । सधैंको बर्ष महावौद्ध गुम्बा तीनखोलेमा मनाउने गरिएता पनि यस यस वर्ष भने धेरै भिड भाड नहुने गरी नारायणी किनारमा मनाउने तयारी गरिएको उनले बताए । सामाजिक तथा भौतिक दुरी कायम नारायणी किनारमा अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिनेछ । बि.स. २०७८ को जनगणनामा धर्मको स्तम्भमा तमु (गुरुङ) ले वोन धर्म लेख्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गरिने संघका वरिष्ठ उपाध्यक्ष तमुले बताए । वोन धर्म गुरुङ समुदायको पुरानो धर्म भएकोले आउँदो जनगणनामा धर्मको स्तम्भमा यसलाई समावेश गर्न आह्वान गरिने उनको भनाइ छ । बिगतका वर्षहरुदेखि नै वोन धर्म लेख्न पहल हुँदै आएको भन्दै उनले अब यसमा थप जोड दिइने बताए । यस्तै तमु ल्होसारको बिदा कटौतीको निर्णय फिर्ता लिन गरेको आग्रहलाई सरकारले सुनुवाई नगरेको भन्दै गुरुङ समुदायले आपत्ति पनि जनाएका छन् । यस्तै ल्होसारकै अवसरमा गुम्बा सरसफाई, नाँच गान लगायतका कार्यक्रम पनि गरिने संघले जनाएको छ । मुसा वर्गलाई विदाइ तथा गाई वर्गलाई स्वागत गर्दै गुरुङ समुदायले पौष १५ गते तमु ल्होसार मनाउदैछन् ।

Share.

Leave A Reply