play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा कोरोना संक्रमितको संख्या २८६ जनामा झर्यो ,भरतपुरमा मात्रै चार हजार बढि सङ्क्रमित

0

पुष ८,चितवन । चितवनमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या २८६ जनामा सीमित भएको छ । कुल छ हजार २४१ जनामा कोरोना सङ्क्रमण हुँदा एक सय जनाले ज्यान गुमाए भने बाँकी पाँच हजार ५५ जना सङ्क्रमणमुक्त भइसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कुनै समय एकदिनमै एक हजार जनासम्म सक्रिय सङ्क्रमित देखिन्थे भने अहिले त्यो संख्या घटेर २८६ मा झरेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । कुल सङ्क्रमितमध्ये पुरूषको संख्या तीन हजार ७३२ र महिलाको संख्या दुई हजार ५०६ पुगेको उनले बताइन् । सङ्क्रमितको हकमा सुरूदेखि नै अगाडि रहेको भरतपुर महानगरपालिकालाई जिल्लाका अन्य स्थानीय तहले उछिन्न सकेको छैन ।

भरतपुर महानगरपालिकामा मात्रै हालसम्ममा चार हजार ४४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । यो संख्या जिल्लाका बाँकी सबै स्थानीय तहको कुल संख्याभन्दा पनि धेरै हो । जनसंख्या र मानव बसाइँको हिसाबले पनि भरतपुर महानगरपालिकाभित्र बढी सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । माडी नगरपालिकामा १२२, राप्ती नगरपालिकामा ३०६, रत्ननगर नगरपालिकामा ७४५, खैरहनी नगरपालिकामा ३९६, कालिका नगरपालिकामा १८६ र इच्छाकामना गाउँपालिकामा १८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिइन् । चितवनमा गत वैशाख ५ गते पहिलोपटक कोरोना भाइरस सङ्क्रमित भेटिएको थियो । चितवनमा हालसम्ममा ३६ हजार ८६० जनाको नमुना परीक्षण भएको कार्यालयकी जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिइन् ।

Share.

Leave A Reply