गैंडाकोटमा नेकपाको दाहाल–नेपाल समूहको भेलामा ओली पक्षद्धारा अवरोध

0

पुष ८,चितवन । गैंडाकोटमा नेकपाको दाहाल(नेपाल समूहले राखेको अगुवा कार्यकर्ताको भेला ओली पक्षीय कार्यकर्ताले बिथोलेका छन् । बुधबार नेकपा गैंडाकोट नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा ओली पक्षीय कार्यकर्ताले नाराबाजी गरेर बिथोलेका हुन् । भेलामा दाहाल(नेपाल पक्षधरहरुलाई मात्रै सहभागी गराइएको भन्दै ओली सर्मथकहरुले नाराबाजी गरेर कार्यक्रम गर्न दिएनन् । नेकपा पुर्वी नवलपरासीका जिल्ला सचिव मित्रशरण शर्माले पार्टि केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु रोष्टममा पुगेर सुनाउने बित्तिकै विरोध सुरु भएको हो । कार्यक्रममा ओली समूहका नेता तथा कार्यकर्ताले ’गुटको भेला बन्द गर’ भन्दै चर्का नाराबाजी गरेका थिए । प्रमुख अतिथीका रुपमा रहेका माधवकुमार नेपाल पक्षधरका नेता कृष्ण पौडेलले छोटो भनाई राखेर कार्यक्रम सकेका थिए । भेलाको अध्यक्षता गरेका नेकपा गैंडाकोटका अध्यक्ष षडानन्द लामिछानले केही कमीकमजोरी भएको प्रतिक्रिया दिए । युवा संघका संयोजक कृष्ण कँडेलले पार्टीको आवरणमा गुटको भेला गरिएको भन्दै त्यसको प्रतिरोध गरिएको बताए ।

Share.

Leave A Reply